माैसम

आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, असार २४-

मनसुन न्यूनचापीय रेखा आजदेखि क्रमशः दक्षिणतिर सर्दै जाने भएको छ। यससँगै नेपालमा मनसुनको सक्रियतामा कमी आई वर्षाको मात्रा केही कम हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

तर केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहने वर्षा हुने महाशाखाको प्रक्षेपण छ। यस्तै मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सोमबार बागमती र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ। दिउँसो र बेलुकी सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

मंगलबार पनि सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम छ। आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सरोकारवालालाई महाशाखाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>