बाढि पहिरो

एमाले पार्टी केन्द्रीय कार्यालयसँगैको सडक मनोहरामा बाढी आएसँगै डुबानमा

Banner

काठमाडौं, असार २२-

मनोहरा खोलामा आएको बाढीले ललितपुरको च्यासलस्थित सडक डुबानमा परेको छ ।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयसँगैको सडक मनोहरामा बाढी आएसँगै डुबानमा परेको हो । पानीको बहाब बढेकाले उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ । बाढी सडकमा पसेपछि सडक जलमग्न भएको छ ।

शुक्रबाररातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेकोछ । वर्षा अझै नरोकिएकाले पानीको बहाव बढ्दै गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>