समाचार
ओली निवास बालकोटको सुरक्षार्थ खटिएका एपीएफका इन्स्पेक्टर उमेश थापाको हृदयघातका कारण मृत्यु
०

काठमाडौं, असार २२-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























