बाढि पहिरो

काठमाडौंमा भारी वर्षा, उपत्यकाका नदीमा बाढी, सतर्क रहन आग्रह

Banner

काठमाडौं, असार २२-

काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो ।

कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ ।

टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा भइसकेको छ ।
काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ ।

नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>