समाचार
पोखराको पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भवन भासियो
०

पोखरा, असार २२-
अविरल वर्षाका कारण पोखराको लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ । गएराति करिब २ बजेतिर भएको सो घटनामा मानवीय क्षति भएको छैन । होस्टेलको भान्सातर्फको भाग पूरै क्षति भएको छ ।
स्थानीयवासी एवं पोखरा मन्टेसरी स्कुलका सञ्चालक थिरबहादुर थापाले भने, ‘गएराति अविरल वर्षाका कारण राति १२ बजेतिर नालीको पानी लिक भएपछि खाल्डो बनेको र राति करिब २ बजेतिर भवनको दक्षिणतर्फ रहेको भान्सा भासिएको रहेछ ।’ ब्लकले बनेको उक्त भवन एकतले हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























