समाचार

कपिलवस्तुमा सर्पले डस्दा महिलाको मृत्यु

Banner

कपिलवस्तु, असार २१-

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।

खेतमा काम गर्ने क्रममा गोमन सर्पले टोक्दा स्थानीय ६५ बर्षिया सुरपाति पासीको मृत्यु भएको हो। सर्पले डसेर घाइते भएकी उनको ढिलो गरी उद्धार हुँदा मृत्यु भएको सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेको प्रमुख नबिन भण्डारीले बताए।

सर्पले डसेर मृत्यु भई सकेको पछि बल्ल शुक्रवार साँझ साढे ६ बजेतिर उनलाई उपचारका लागि ल्याइएको भण्डारीले बताए। समयमै उद्धार नहुँदा उनको मृत्यु भएको उनले बताए। गोरुसिङ्गेमा उपचार सम्भव नभएपछि तौलिहवा रिफर गरिएको थियो। सर्पको डसाइले सुरपातीको मृत्यु भए पछि शिवराज नगरपालिकाका मेयर अजय थापाले अति बिपन्न परिवारका लागि गोरुसिङ्गेमा निःशुल्क उपचार हुने आफ्नो फेसबुक मार्फत घोषणा गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>