समाचार

बराहक्षेत्रमा जलसमाधि लिदैँछु भन्दै घरबाट हिँडेका प्राध्यापक दुई दिनदेखि बेपत्ता

Banner

सुनसरी,असार २१-

प्राध्यापक एवम् समालोचक डा.रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् । सुनसरीको इटहरी निवासी डा.रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन । उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए । बुधबार बिहान घरबाट निस्किनुअघि छाडेको सन्देशअनुसार उनी तनावमा रहेको देखिन्छ ।

‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा १’ उनले घरमा परिवारका सदस्यलाई एउटा पानामा यति सन्देश लेखेर हिँडेका थिए । तिम्सिनले उक्त पानामा ‘मिति २०८१-०३-१९ बुधबार बिहान ४ः१८ बजे’ पनि लेखेका भेटिएको छ ।

तिम्सिनाले चिन्तामा पार्ने सन्देश लेखेर बेपत्ता भएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन पनि दिएको छ । पारिवारिक श्रोतका अनुसार उनी घरका अन्य सदस्य उठ्नुअघि नै बुधबार बिहान सवा ४ बजेको समयमा निस्किएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>