Breaking News

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत, महासचिवमा घनश्याम भूसाल

Banner

काठमाडौँ, असार २०–

काठमाडौंँमा जारी नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। उनी यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए।

बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो। बिहीबार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>