समाचार

भुटानी शरणार्थी प्रकरण आरोपी झालाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै

Banner

काठमाडौं, असार २०-

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार, गएको शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिँदैछ । ‘त्यसअघि म्याद थपका लागि उपस्थित गराउन लागेका हौं’, उनले भने ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरु बताउँछन्

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको नेक्सससम्म पुग्न सकिने विश्वास अनुसन्धान अधिकृतहरुको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>