अर्थ
तोलामा १ हजार ६ सयले बढ्यो सुनको मूल्य
०

काठमाडौँ, असार २०-
स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको हो ।
यो सँगै सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको छ । महासंघका अनुसार बुधबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























