समाचार
प्रचण्डप्रति बाबुरामको टिप्पणी : कुर्सीलाई माया गर्नु ‘एउटा भूल’ भयो
०

काठमाडौं, असार २०-
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुरामम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्ष्य गरी ‘कुर्सीलाई माया गर्नु एउटा भूल’ भएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्रीप्रति टिप्पणी गर्दै उनले प्रचण्डले कुर्सीलाई माया गर्दा अहिलेको अवस्था आएको बताएको बताएका हुन्। ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले…’ भन्नु बढी तथ्यपरक होला’, उनले लेखेका छन्।
सत्तासाझेदार एमालेले कांग्रेससँग नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै बुधबार राजीनामा बुझाउन पुगेका आठ मन्त्रीसँग गुनासो गर्दै प्रधानमन्त्री दाहालले फत्तेमानले गाएको ‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ पंक्ति सुनाएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























