समाचार

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान

Banner

महोत्तरी,असार १९-

महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो।

अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र सशस्त्र प्रहरीका एसपी विनोद केसीसहितले संयुक्त रूपमा सम्मान गरेका हुन्।

पछिल्लो तीन वर्षदेखि नगरपालिकालाई बालविवाहमुक्त बनाउन पालिकाले अभियान थालेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। आगामी ०८३ सम्म पालिकालाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने नगरपालिकाको लक्ष्य छ।

नगरप्रमुख मण्डलले बालविवाह निर्मूल गर्न अभिभावक, पण्डितसहित सरोकार राख्ने सबै पक्षलाई जनचेतनासँगै कानुनी व्यवस्थालगायतबारे शिक्षित गरिएको र त्यसकै फलस्वरूप बालविवाह शूून्यमा झर्ने आस पलाएको बताए। उनले धेरै अभिभावकले कानुनको जानकारी नहुँदा तथा अन्य विभिन्न कारणले बालबालिकाको उमेर नपुग्दै विवाह गराउने गरेको पाइएको बताउँदै अभिभावकहरू बिस्तारै सचेत हुँदै गएको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>