बलिउड/हलिउड

विश्नोई ग्याङले सलमान खानको हत्या गर्नका लागि २५ लाख भारु सुपारी दिएका थिए

Banner

काठमाडौं, असार १८-

बलिउड सुपरस्टार सलमान खानको घरबाहिर १४ अप्रिलमा भएको फायरिङले मानिसहरुलाई अचम्भित बनायो । यस घटनामा प्रहरीले तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपीलाई पक्राउ गर्‍यो ।

घटनाको अनुसन्धान गरिरहेको नयाँ मुम्बई प्रहरीले लरेन्स बिश्नोई ग्याङका ५ जना आरोपीविरुद्ध मुद्दा दायर गरिसकेको छ । सिद्धू मुसेवालाको झैं सलमानको पनि हत्या गर्ने उनीहरुले योजना बनाएको प्रहरीको दाबी छ ।

प्रहरी अधिकारीका अनुसार मुद्दामा विश्नोई ग्याङले सलमान खानको हत्या गर्नका लागि २५ लाख भारु सुपारी दिएको उल्लेख छ ।

आरोपीहरुले पाकिस्तानबाट अत्याधुनिक हतियार एके(४७, एके(९२ र एम(१६ का साथै ट्रकीमा बनेको जिगाना पेस्तोल समेत खरिद गर्ने तयारी गरेका थिए । तिनै हतियारले पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या गरिएको थियो । बिश्नोई ग्याङले त्यस्तै हतियारको प्रयोग गरी सलमानको पनि हत्या गर्ने योजना बनाएको थियो ।

प्रहरीको चार्जसिटमा बताएअनुसार सलमानको हत्याको योजना अगस्ट २०२३ देखि अप्रिल २०२४ को बीचमा रचिएको थियो । त्यसका लागि ६०-७० जना व्यक्ति सलमानको निगरानीमा खटाइएको थियो । प्रहरीले सलमानको हत्याका लागि १८ वर्षभन्दा कम उमेरको किशोरलाई हायर गरेको पाइएको जनाएको छ ।

प्रहरीले सबै सुटर गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश पर्खिरहेको उल्लेख गरेको छ । आदेश आउनासाथ सलमानमाथि आक्रमण गर्ने उनीहरुको योजना थियो । सबै सुटर पूणे, रायगढ, नयाँ मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए ।

यस घटनाबारे प्रहरीले ४ जुनमा सलमानको बयान लियो । उनका भाइ अरबाज खानको पनि बयान लियो । सलमानले प्रहरीलाई दिएको बयानमा घटना भएको रात उनको घरमा पार्टी रहेको र जसकारण बिहान अबेरसम्म निद्रा आएको, बिहान गोली चलेको आवाज सुनेर निद्रा खुलेको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>