अटो

सरकार परिवर्तन सहमति भएसँगै कारोबार सुरु भएको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढ्यो

Banner

काठमाडौं, असार १८-

सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>