राजनीति

सरकारको नेतृत्व एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छः प्रवक्ता महत

Banner

काठमाडौं, असार १८-

नेपाली कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने बताइका छन् ।

एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।  नेपाली कांग्रेसले राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको जनाएको छ ।
एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो ।

उनको थप भनाइः
अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संसोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ । नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ । लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>