Breaking News
चितवन माडीको गोविन्दबस्तीमा एक घण्टामै झण्डै ३४ मिलिमिटर वर्षा
०

चितवन, असार १२-
चितवन माडीको गोविन्द बस्ती स्टेसनमा एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ । त्यहाँ ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । माडीकै कल्याणपुरमा २४.४ मिलिमिटर वर्षा भएको छ ।
गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
महोत्तरीको गौशालामा २१.२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























