घटना -दुर्घटना

मोरङमा विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

Banner

विराटनगर, असार ११-

विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।

मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।

विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।

बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । याङ्शीलाबाट स्कु पुग्न करिब १ घण्टा लाग्छ । विद्यालय जाँदै गरेका ५-६ जना बालबालिका एकै पटक बाढी आएको खोलामा छिरेका थिए। एक जना साथीलाई बाढीले बगाएको थियो, अरु विद्यार्थी बाहिर निस्कीएका थिए । फाइल तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>