समाज

मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

Banner

काठमाडौं, असार ११-

नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो । उहाँले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

उहाँले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताउनु भयो । -न्युज एजेन्सी नेपाल

सांङकेतिक तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>