Breaking News

चितवनमा गृहमन्त्री रविले भनेः जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ

Banner

चितवन, असार ६-

सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले दाबी गरेका छन्। आज (बिहीबार) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रविले जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका हुन् ।

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ,’ गृहमन्त्री लामिछानेले भने। मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको लामिछानेले बताए।

‘यो अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ,’ रविले भने, ‘आजभन्दा तीन चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ। हाम्रो सुपर्दुगी सन्धी नभएका कारणले अलिकति कुटनीतिक पहलमा समय लागेको छ। नजिक छौँ। दिनराज कोशिस गरिरहेका छौँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>