चितवन विशेष

भरतपुर भ्रमण बर्षः बसमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

Banner

चितवन, असार ५-

भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन् । चितवनमा सञ्चालन हुने चितवन माइक्रो, चितवन छाहारी, ओम शान्ती यातायात व्यवसायीले बुधवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पूर्वी चितवनबाट आउने यात्रुलाई ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् । व्यवसायीले ज्येष्ठ नागरिकलाई शत प्रतिशत छुट दिने बताएका छन । यो सेवा भरतपुर रिङरोडमा मात्रै लागू हुने छाहारी यातायात प्रालीका अध्यक्ष बद्री पौडेलले जानकारी दिनुभयो । जेष्ठ नागरिकले सेवा लिनका लागि आफ्नो परिचयपत्र साथमा लिएर आउनुपर्ने उहाँले बताउनुभयो ।

महानगरपालिका प्रमुख रेनु दाहालले यस कार्यका लागि व्यवसायीलाई धन्यबाद दिनुभयो । उहाँले भ्रमण बर्ष सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै अन्य व्यवासायीले समन्वय गरेर काम गर्न अनुरोध गर्नुभयो । ‘हामी भ्रमण बर्षको आयोजक मात्र भएका हौं,उहाँले भन्नुभयो,सफल बनाउन लाग्नुपर्ने तपाईहरुको हो,ब्यवसायीले होस्टेमा हैसे गर्नुहोस ।’ उहाँले भ्रमण बर्षको चार महिना सफल भएको दाबी समेत गर्नुभयो ।

यस्तै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका भरिनै यातायातमा छुट दिनका लागि अनुरोध गर्नुभयो । पर्यटकिय गन्तव्य स्थलमा पर्यटक पुग्नका लागि यातायातको व्यवस्था राम्रोसंग गर्न समेत उहाँले अनुरोध गर्नुभयो । पूर्बी चितवनबाट भरतपुरसम्म करिब डेढ सय सर्बजनिक बस संचालन हुँदै आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>