चितवन विशेष

बोटे समाज चितवनको अध्यक्षमा प्रदिप बोटे

Banner

भरतपुर,असार ३-

नेपाल बोटे समाज चितवनको अध्यक्षमा प्रदिप बोटे चयन भएका छन् । भरतपुरको पटिहानीमा सम्पन्न समाजको चौथो अधिवेशले प्रदिपको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको उपाध्यक्षमा विश्व बोटे र शोभा बोटे तथा सचिवमा सन्तोष बोटे चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दीलिप बोटे निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अस्मिता बोटे, एंंजिला बोटे, भोज बहादुर बोटे, बलिराम बोटे, बिफली बोटे र दुर्गा बोटे रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेले चितवनको बोटे समुदाय बोटे जातिको इपिसेन्टर रहेको बताउनुभयो । तर राज्यले बोटे समुदायलाई दमन गरिरहको भन्दै चनाखो भएर कदम चाल्नु पर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष महेन्द्र दुरा, बोटे समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साउने बोटे लगायत विशिष्ट अतिथि थिए । कार्यक्रम इन्दिरा बोटेको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>