खेलकुद

नेपाललाई १० वर्षपछि बंगलादेशसँग बदला लिने मौका

Banner

काठमाडौं, असार ३-

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।

सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ।

समूह चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेल जित्दै सुखद समापन गर्ने लक्ष्यमा छ। समुह डी को आफ्नो तेस्रो खेल जित्दै सुपर एट पुग्ने सम्भावना कायम राख्ने लक्ष्यमा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरीयो।

जितका लागि १ बलमा २ रनमात्र आवश्यक रहेको अवस्थामा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर निराश बनेको थियो। हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना सकियो बंगलादेशलाई फाइदा पुग्यो।

आज अब यीनै २ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेलमा १ अंकमात्र जोड्दै अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरीएको नेपालका लागि बंगलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ।​

दवाबविहीन नेपाललाई एक टेस्ट राष्ट्रलाई हराउने मौका छ। विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। १० वर्षपछि नेपाललाई त्यो हारको बदला लिने मौका आएको छ।

आजै यही समूहका नेदरल्याण्ड्स र श्रीलंका आमने सामने हुनेछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ। श्रीलंका विश्वकपबाट बाहिरिसकेको छ भने नेदरल्याण्ड्ले आजको खेल जितेर बंगलादेशले हारे अन्तिम आठको सम्भावना कायमै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>