Breaking News

महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने

Banner

काठमाडौं,असार १२-

श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी–२० महिला एशिया कप खेलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>