चितवन विशेष

चितवन माडीमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा, बाढीको सम्भावना

Banner

चितवन, असार १२-

चितवनमा बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारी वर्षासँगै महाशाखाले चितवनका खोला तथा नदिहरुमा बाढी आउने चेतावनी जारी गरेको हो ।

महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको छ ।

गोविन्द बस्तीमा ७४.८, कालीखोलामा ३१.४, ठोरीमा २४.८ र रामपुरमा २४.६ मिलमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन भनेको छ ।

ती स्थानमा थप वर्षा हुने सक्ने भएकाले दिउँसोसम्मै सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन थप सक्रिय हुँदै गएपछि प्राय सबैजसो प्रदेशहरूमा वर्षा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>