Uncategorized

एक सातादेखि चितवनमा उखरमाउलो गर्मी,तापक्रम ३९ डिग्रीसम्म पुग्यो

Banner

चितवन, जेठ ३१-

पछिल्लो साता देशभर गर्मी हवात्तै बढेको छ । चितवनमा पनि एक सातादेखि पानी नपर्दा उखरमाउलो गर्मी छ । जसका कारण जनजिवन प्रभावित बनेको छ । भरतपुर विमानस्थलको रेकर्ड अनुसार आज (बिहिबार) जिल्लाको तापक्रम १२ः३० को समयमा ३६ डिग्री सेल्सियस मापन भएको छ । हिजो (बुधबार) ३८.५, मंगलबार ३९ र सोमबार जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

केही दिनयता जिल्लामा ३६ देखि ३९ डिग्री सेल्सियस तापक्रम मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार २७ गते नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले पनि सूदुरपूर्वी भूभागहरूमा मात्रै रहेको र वागमती प्रदेश भित्रने क्रममा रहेकोले २/४ दिन जिल्लामा पानी नपर्दा अझै गर्मी बढ्ने अनुमान गरिएको छ । यस वर्ष चितवनमा सबैभन्दा बढी तापक्रम बैशाख ६ गते ४० डिग्री सेल्सियस पुगको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>