Breaking News

गत वर्षको हरेक महिनामा उच्च तापक्रम दर्ता,विश्वभरका मानिस प्रभावित

Banner

एजेन्सी,जेठ ३१-

विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको नासाको विश्लेषणले देखाएको छ। ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महशुस गरिरहेका छन्।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१ देखि १९८०) भन्दा २.३४ फरेनहाइट १.३० रहेको विश्लेषणले देखाएको छ।

जमिनमा मौसम स्टेसन र महासागरहरूमा उपकरणका विशाल नेटवर्कबाट तापक्रम रिडिङहरूको आधारमा वैज्ञानिकले पत्ता लगाउँछन्। यो रेकर्ड मानव गतिविधिहरू विशेषगरी हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित दीर्घकालीन तापक्रम प्रवृत्तिको भाग हो। नासाका प्रमुख वैज्ञानिक तथा वरिष्ठ जलवायु सल्लाहकार केट क्याल्भिनले भने, ‘हामीले धेरै तातो दिनहरू, धेरै तातो महिना, धेरै तातो वर्ष अनुभव गरिरहेका छौँ । तापक्रममा हुने यो वृद्धि हाम्रो हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित छन् र यसले विश्वभरका मानिस र पारिस्थितिकीय प्रणालीहरूलाई असर गरिरहेको हामीलाई थाहा छ।’

विश्लेषणका अनुसार १९औँ शताब्दीको उत्तरार्धमा रेकर्ड राख्ने काम शुरु भएदेखि पछिल्लो १० वर्ष लगातार सबैभन्दा न्यानो १० वर्ष भएको विगतका चार दशकहरूमा यो प्रवृत्ति स्पष्ट भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>