समाज

माइतबाट ल्याएको एउटा बाख्राले बद्लियो जीवन

Banner

डडेल्धुरा, जेठ ३१-

१० वर्ष पहिले माईतबाट ल्याएको एक बाख्रा पालेकी कल्पनादेवी पातलीको खोरमा अहिले २२ वटा माउ बाख्रा छन् । आलिताल गाउँपालिका १ चम्सालकी पातली एक बाख्राबाट मात्रै वर्षमा ५० हजार आम्दानी गर्न सफल भएपछि हाल बाख्रा बढाउदै आईरहेकी छन् । मैले माईतबाट ल्याएको त्यो एउटा बाख्रा एक वर्षमा कहिले दुई पटक पनि ब्यायो । उनले भनिन्, अहिले पनि त्यो बाख्रा छ । ११ बेती ब्याईसकेको छ । वर्षमा थोरै भए पनि सात–आठ लाख रुपियाँ कमाउन सकिनेमा विश्वस्त भएको उनले सुनाइन् ।

खोर बनाउन ७० हजार रुपियाँ अनुदानमा पाएपछि हाल ठूलो खोर बनाई बाख्राको संख्या बढाएको उनले बताइन् । बाख्रा पालन गर्दै आएका किसानलाई भेटेनेरी अस्पताल तथा विज्ञ केन्द्र डडेल्धुराले खोर बनाउन अनुदानमा सहयोग गरेपछि सहज भएको उनले बताइन् । पहिले सानो खोर बनाई बाख्रा पालन गर्दै आएका किसानलाई खोरमा सहयोग पाएपछि वडा नं. १ को चम्साल, मेलखर्क, देउवागाउँका स्थानीयहरुले ठूला खोरहरु निर्माण गरेको उनको भनाई छ ।

मेलखर्क गाउँकी भागरती बोहराको खोरमा हाल २५ वटा बाख्रा छन् । बिहे गरेर मेलखर्क गाउँमा आएदेखिन बाख्रा पाल्दै आएको उनले बताइन्। बाख्रा पालेरै छोरा छोरी हुर्काई जेठो छोरालाई अहिले जापान पठाएको उनले सुनाइन् । गत पुसमा जेठो छोरा जापान गएपछि हाल साढे तीन् लाख रुपियाँ खर्च गरि बाख्राको नयाँ खोर बनाएको उनले बताइन् । बाख्रा पालनबाट राम्रो आम्दानी हुनथाले पछि गएको वैशाख महिनामा बाख्रा खरिद गरि व्यवसायीक रुपमा लगाएको उनको भनाई छ ।

चम्साल गाउँकी कौशा बोहरा उमेर ६० पुगिन् । उनले होस भएको दिन देखि बाख्रा चराएको बताईन । पहिले देखि नै बाख्रा पालन गर्दै आएको बताउने उनीले बाख्रा पालनबाट हाल सम्म राम्रै भईरहेको सुनाईन । बाख्रा पालनबाटै सात जनाको परिवार धानिरहेको उनले बताईन । खोर बनाउन सरकारले केही रकम दिए पछि बाख्रा पाल्ने रहर अझै भएको उनको भनाई छ ।

बृहत बाख्रा पालन पकेट क्षेत्रका रुपमा विकास गर्न यस क्षेत्रका किसानलाई अनुदानमा खोर निर्माणका लागि भेटेनेरी अस्पताल तथा विज्ञ केन्द्रको २० लाख रकम भएको कार्यालय प्रमुख देवराज भट्टले बताए । ५० प्रतिशत अनुदानमा खोर निर्माणका लागि यो रकम थियो । उनले भने, यस क्षेत्रका किसान पहिले देखि नै बाख्रा पालन गर्दै आईरहेका थिए । कम्तिमा पनि दुई हजार बाख्रा पालन गर्न बृहत बाख्रा पालन पकेट क्षेत्र बनाएका छौ । यहाँका २७ परिवारहरुले काठका खोर निर्माण गरिसकेका छन् । रकम भुक्तानी हुनु अगावै एक हजार १०० बाख्रा किसानका खोरमा भएको उनले जानकारी दिए । किसानहरुको समिति बनाई खोर निर्माण गर्न लगाएको उनले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>