खेलकुद

नामिबियालाई पावरप्लेमै जित्यो अष्ट्रेलियाले

०
Banner

काठमाडौं, जेठ ३०-

आइसिसी टी–२० विश्वकपमा अप्ट्रेलिया लगातार तेस्रो जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार बिहान अष्ट्रेलियाले नामिबियालाई पावर प्लेमै जितेको हो।

जितका लागि पाएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमै पूरा गरेको हो। ट्राविस हेड ३४ र मिचेल मार्स १८ रन हानेर नट आउट रहे। हेडले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने मार्सले ९ बलमा ३ चौका र १ छक्का हाने।

ओपनर डेविड वार्नरले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० रन जोडेका थिए। नामिबियाका डेविड विसीले एक विकेट लिए। पहिले ब्याटिङ गरेको नामिबियालाई अष्ट्रेलियाले १७ ओभरमा अल आउट गर्दै ७२ रनमा समेटेको हो।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिए। जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन इलिसले १–१ विकेट लिए।

नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाए। उनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरै। ओपनर माइकल भ्यान लिगेनले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

समूह चरणमा तीन खेल खेलेको अष्ट्रेलिया तीनै खेल जितेर ६ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ५ अंक छ।

तीन खेल नै खेलेको नामिबिया तेस्रो स्थानमा छ। इंग्लयाण्ड १ अंकका साथ चौथो र ओमान पुछारमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>