खेलकुद
आज नेपाल र श्रीलंकाबीच खेल हुँदै, वर्षाका कारण टसमा ढिलाई

काठमाडौँ, जेठ ३०-
नेपालले टी–२० विश्वकप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । समुह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।
अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा खेल हुँदै छ । यो खेल बिहान ५ः१५ बजेदेखि सुरु हुने भनिएपनि वर्षाका कारण टसमा ढिलाई भएको छ । अहिले वर्षा रोकिएको छ ।
नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।
समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समुहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।























