चितवन विशेष
प्रजिअ यादवलाई उद्योग वाणिज्य संघ–चितवनमा स्वागत

चितवन, जेठ २८-
उद्योग वाणिज्य संघ–चितवनले आइतवार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका नवआगन्तुक प्रमुख जिल्ला जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध प्रशासन कार्यालय लगायत जिल्लाका सबै सरकारी कार्यालयहरूसँग सुमधुर रहँदै आएको बताए ।
अध्यक्ष श्रेष्ठले जिल्लाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि सबै निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले छिमेकी तथा अन्य मुलुकबाट आउने पर्यटकलाई आगमन प्रक्रियामा सहिजीकरणका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानार्कण गराउन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वागत एवम् परिचय कार्यक्रम आयोजना गरि यहाँका उद्योगी व्यवसायीहरु सँग परिचय गर्ने अवसर प्रदान गरेकोमा संघप्रति आभार व्यक्त गरे । उनले चितवन आर्थिक, सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउँदै यहाँको सुरक्षाका प्रदानको विषयमा प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, देशीराम प्रधान, रामप्रसाद श्रेष्ठ, कल्याण जोशी, सहनलाल प्रधान, संघका पदाधिकारी, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ५० जनाको उपस्थिति रहेको थियो ।