चितवन विशेष

चितवन, तनहुँ र गोरखाका विद्यार्थीका लागि सेन्ट्रल कलेजले थप दुई बस सञ्चालन गर्ने

Banner

चितवन,जेठ २६-

सेन्ट्रल कलेजले चितवन, तनहुँ र गोरखा जिल्लाका विद्यार्थीलाई लक्षित गरेर थप दुई बस सञ्चालन गर्ने भएको छ । चितवन र नवलपुरका विद्यार्थीका लागी चार बस सञ्चालन गरिरहेको कलेजले थप दुई बस ल्याउने तयारी गरेको हो । कलेजले विद्यार्थीलाई बस सेवा निःशुल्कै दिदैं आएको छ ।

कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलका अनुसार विद्यार्थी र अभिभावकको माग अनुसार दुई बस सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘चितवनको भरतपुर महानगरसंगै रत्ननगर, खैरहनी, राप्ती, कालिका तथा नवलपुरको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयत्रिवेणिमा बस सेवा सञ्चालन भइरहेको छ । अब चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिका तथा तनहुँको देवघाट गाउँपालिका, आबुखैरहनी गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकाका बिद्यार्थीलाई लक्षित गरेर बस सेवा दिनेछौं ।’ उहाँले अहिले पनि सो क्षेत्रबाट ठूलो संख्या विद्यार्थीहरु यहाँ आएर पढ्ने गरेको बताउनुभयो । ‘बस सेवा सञ्चालनपछि त्यहाँका विद्यार्थी भरतपुरमा कोठा खोजेर बस्नु पर्दैन, आफ्नै घरमा खाना खाएर सेन्ट्रल कलेजमा भाषा सिक्न पाउँछन्,उहाँले भन्नुभयो ।’ कलेजले बस सञ्चालन गरेपछि विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहज भएको भन्दै सार्वजनिक बस चढ्दा कक्षा छुट्ने र अध्ययनमा समस्या आउने अबस्थाको अन्त्य भएको पौडेलले बताउनुभयो ।

यस्तै सेन्ट्रल कलेजले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिसकेको छ । भरतपुर महानगरपालिका २ स्थित भरतपुर ओरालोमा रहेको आफ्नै भवनबाट कलेजले सेवा प्रदान गरिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भिसा प्रोसेसिङ र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको कलेजले आफ्नो भवन (सेन्ट्रल टावर) बाट सेवा प्रदान गर्न सुरु गरेको प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा लिफ्टसहित अत्याधुनिक प्रविधिहरु जडान गरिएको भन्दै विद्यार्थीलाई अध्ययनका लागि थप सहज हुने बताउनुभयो ।

कलेजको नयाँ भवनमा छुट्टाछुट्टै काउन्सेलिङ रुम,अध्याधुनिक प्रविधिसहितका कक्षा कोठा, स्मार्ट बोर्ड, मिटिङ हल, सभा हल लगायतका सेवा सुविधि रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँले कलेजले नयाँ इन्टेकका लागि धमाधम विद्यार्थी भर्ना र भाषा कक्षा सञ्चालन गरिरहेको भन्दै नयाँ भवनमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

पछिल्लो समय जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर जुलाई इन्टेक २०२४ का लागि प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ । समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गर्नुभयो ।

सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै केही गर्न चाहाने विद्यार्थीलाई पनि सिप सिकाउँदै आएको छ भने यहाँ नै उच्च शिक्षा अध्ययन गर्न चाहानेलाई कलेज र बिषय छनोट गर्न सहयोग गर्ने गरेको छ ।

सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।

विद्यार्थीका लागि निःशुल्क भाषा कक्षा,आइएलटिए, पिटिइ सञ्चालन गरिरहेको कलेजले कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>