चितवन विशेष

नारायणगढमा यौनिक तथा अल्पसंख्यक समुदायले मनाए ‘प्राइड मन्थ’

Banner

चितवन, जेठ २४–

चितवनका यौनिक तथा अल्पसंख्यक समुदायले आज नारायणगढमा प्राइड मन्थ मनाउँदै र्‍याली निकालेका छन् ।

ब्लु डाइमण्ड सोसाइटीको अगुवाईमा चितवनमा रहेका यौनिक तथा अल्पसंख्यक समुदायले नारायणी नदी किनारबाट पुलचोक हुँदै पुनः नारायणी किनारसम्म र्‍याली निकालेका थिए । सन् २०२४ को नेपालमा नै यो पहिलो प्राइड निकालिएको हो । ब्लु डाइमण्ड सोसाइटीकी कार्यक्रम संयोजक प्रिति पिटर राईले जुन महिनाभर देशका २३ शहरमा यसरी नै प्राइड निकालिने बताइन् ।

प्राइड मन्थको अवधारणा स्टोनवाल दंगाबाट सुरु भएको थियो । जुन २८ जुन, १९६९ मा सुरु भएको धेरै दिनसम्म चलेको समलिङ्गी मुक्तिको लागि दंगाको शृंखला थियो । तल्लो म्यानहट्टन भित्र रहेको गे बार स्टोनवाल इनमा प्रहरीले छापा मारेर दंगा सुरु भएको थियो । त्यही मुक्ति आन्दोलनबाट संसारभर जुन महिनालाई यौनिक तथा अल्पसंख्यक समुदायले प्राइड मन्थको रुपमा मनाउने गरेका छन् । चितवनमा करिव ५ हजार जना यौनिक तथा अल्पसंख्यक समुदायको बसाबोस रहेको संस्थाले जनाएको छ ।

यसैबीच आज नै स्थानीय जनप्रतिनिधिसंग यो समुदायले नागरिकताको समस्या बारे परामर्श गरेको छ । आफ्नो पहिचान खुलाएर नागरिकता लिन समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिको उपस्थितिमा छलफल गरिएको ब्लु डाइमण्ड सोसाइटीका ह्युमनराइट्स एण्ड डकुमेन्टेशन अफिसर भक्ति शाहले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयबाट नै यौनिक तथा अल्पसंख्यक समुदायलाई नागरिकता दिलाउने काममा समस्या सिजर्ना हुने गरेको गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>