अर्थ वार्ता
भन्सार दर बढाएसँगै सुन तोलामै ६ हजार महँगिने
०

काठमाडौं, जेठ १७-
भन्सार दर बढाएसँगै सुनमा तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ ।
बजेटले सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ । महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने बताए । उनले भने, ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, हिजो औपचारिक छलफलकै क्रममा रह्यौं, त्यसकारण आजदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन हुन्छ ।’
नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने उनले बताए ।