चितवन विशेष

गृहमन्त्री रविलाई चितवन चिनाएका पत्रकार सिग्देल

Banner

चितवन, जेठ १५-

पत्रकारिताको जगकै कारण प्रकाश सिग्देलले गृहमन्त्री रवि लामिछानेलाई चितवन देखाउन र चिनाउन सफल भए । गृहमन्त्री लामिछानेलाई चितवन क्षेत्र नं २ बाट दुई पटकसम्म निर्वाचित गराउन सिग्देलले महत्वपूर्ण भूमिका खेले । पत्रकारसंग कति क्षमता र शक्ति हुन्छ भन्ने ताजा प्रमाण हुन् पत्रकार प्रकाश सिग्देल । चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका १० वटा वडा पर्छन् । इच्छाकामनाको अधिकांश र कालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्छ ।

नेतृत्व तहमा पुग्ने कुसल पत्रकारले हरेक कुरा सहज रुपमा सम्पादन गर्न सक्छ र त्यसले सहि नतिजा दिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् चितवनका पत्रकार प्रकाश सिग्देल । सिग्देलले १७ वर्षदेखि चितवनलाई आधार बनाए जनमुखी सामाजिक पत्रकारिता गरे ।

पत्रकारिताका क्रममा हिँडेको ठाउँ र बनाएको सम्बन्धलाई राजनीतिसंग जोडेर हालका गृहमन्त्री रवि लामिछानेलाई निर्वाचित गराउनमा उनको महत्वपूर्ण भूमिका खेले । सिग्देलले चितवनको भूगोल नचिनेका लामिछानेलाई हरेक गाउँ, टोल र डाँडापाखा पु¥याए ।

जनताको घर–घरमा पु¥याएर भोट हाल्न जनतालाई आग्रह गर्दै सिग्देलले लामिछानेलाई चुनाव जिताउन महत्वपूर्ण भूमिका खेले । एक वर्षमै दुई पटक चुनाव जितेर गृहमन्त्री बनेका लामिछानेले कति काम गर्न सके वा सकेनन्, कति गर्लान् त्यो समयले देखाउला । पत्रकार सिग्देलचाहिँ वास्तमवै आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गरे। चितवनको राजनीति र भुगोल आफैमा चुनौतिपुर्ण छ, तर सिग्देलले लामिछानेको चुनावी प्रमुख कमान्डर बनेर काम गरे।

यो सबै क्षमता र उर्जा पत्रकारिताले नै जगाएको सिग्देल बताउँछन् । चितवनलाई खुल्ला दिसा मुक्त जिल्ला घोषणाका बेला उनी तत्कालीन गाउँ विकास समिति अन्तर्गतका सबै वडा र गाउँमा पुगेका थिए ।

रिपोर्टिङका क्रममा पहाडी क्षेत्रका गाउँ–गाउँमा पुगेकाले चुनावी प्रचारप्रसारमा अगुवाई गर्न आफुलाई सजिलो भएको सिग्देल बताउँछन् । स्याङ्जा जिल्ला हालको हरिनास गाउँपालिका–३ मा विंस. २०४४ चैत ४ गते जन्मिएर पढाइको सिलसिलामा २०६० सालमा चितवन झरेका उनले २०६३ सालमा चितवनको बेसो टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए । करिव १७ वर्षको दौरानमा उनले एक दर्जनबढी राष्ट्रिय र स्थानीय सञ्चार माध्यममा काम गरिसकेका छन् ।

उनी पत्रकारिताकै दौरान अमेरिका, बेलायत, मलेसिया, सिङ्गापुर, अजरबैजान, भारत, थाइल्याण्ड, युएई लगायत सात भन्दाबढि देशको भ्रमण गरेका छन् । उनले आफुलाई अन्तर्राष्ट्रिय पत्रकारका रुपमा स्थापित समेत गरेका छन ।

बेसो टेलिभिजनबाट पत्रकारिता सुरु गरेका उनले एभिन्युज टिभी, न्युज २४ टिभी, एबीसी टिभी, हिमालयन टेलिभिजन ग्यालेक्सी फोरके टिभी लगायतमा काम गरे । स्थानीय र राष्ट्रिय दैनिकका साथै रातोपापाटी अनलाइनको चितवन सम्बाददाता, सफल खवर अनलाइनको समाचार संयोजक, मुकुन्दसेन टेलिभिजनको समाचार संयोजकका रुपमा रहेर उनले उत्कृष्ट पत्रकारिता गरे। पत्रकारिता गरेकै कारण उनी दर्जन बढी संघ संस्थाबाट सम्मानित समेत भइसकेका छन् ।

उनले विभिन्न दातृ निकायहरुसंग सामाजिक क्षेत्रमा धेरै कामहरु गरेका छन् । ईसिमोड नेपाल, मेड नेपाल, नेपाल जनस्वास्थ्य प्रतिष्ठान,  नेपाल विकास समाज, एसओएस बालग्राम लगायतका एनजिओ, आईएनजिओ र नेपाल सरकारका निकायहरुसंग सहकार्य गरेर उनले धेरै कामहरु गरेका छन् । उनले नेपाल स्थित अमेरिकी दुताबास, युएनडिपी, कोइका इन्टरनेशनल, साइबर सेक्युरिटी इन्टरनेशनल भर्जिनिया युएसए, मिडिया ट्रेनिक सेन्टर नेपाल, वातावरण पत्रकार समूह (नेफेज) लगायत धेरै संघ संस्थाबाट पत्रकारिता तालिम समेत लिएका छन् ।

सामाजिक विकृति, भ्रष्टाचार, कालोबजारी र अराजकताका विरुद्ध उनले पत्रकारिता गर्दै आएका छन् । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयमा स्वकियका रुपमा रहेर मिडिया संयोजन र अन्य महत्वपूर्ण भुमिका निकै उत्कृष्ट रुपमा निर्वाह गरेका कारण आम नागरिकसँग धेरै परिचित छन् ।

समाजमा रहेका हरेक समस्यालाई पत्रकारिता मार्फत उजागर गर्ने र नेपाल सरकारका नियामक निकाय र सामाजिक संघ संस्थालाई अग्रसर बनाएर जनताको समस्या समाधान गर्ने उनको उत्कृष्ट कला रहेको छ । टेलिभिजन, छापा, रेडियो र अनलाइन सबै क्षेत्रमा उनी अब्बल पत्रकारका रुपमा चिनिन्छन् ।

नेपाल पत्रकार महासंघ चितवनको २ कार्यकाल कार्यसमिति सदस्य रहेर उत्कृष्ट कार्यसम्पादन गरेका सिग्देल पत्रकारितासंगै सामाजिक क्षेत्रमा सरिक छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनितिमा निकै दख्खल राख्ने सिग्देल स्वस्थ र मर्यादित पत्रकारिता गर्दै बिस्वका हरेक कुनामा पुगेर नेपाली पत्रकारले रिपोर्टिङ गर्न सक्ने हैसियत बनाउनु पर्छ भन्ने कुरामा जोड दिन्छन् ।

सिग्देल आफैले नेपाल जर्नी नामक संस्था चितवनमा स्थापना गरि महिला स्वास्थ्यको क्षेत्रमा र बालबालिकाको शिक्षा र स्वास्थको क्षेत्रमा धेरै कामहरु गरिरहेका छन् । उनले अभिभावकबिहिन बालबालिकालाई विभिन्न बिद्यालयसंग सहकार्य गरि निःशुल्क पढाउने देखि बिद्यालयहरुमा पुस्तकालय निर्माण गर्ने, बिद्यार्थीलाई शैक्षिक सामाग्रि देखि लत्ताकपडा सहयोग गर्ने काम गरिरहेका छन् ।

उनी राष्ट्र गुरु योगी नरहरी नाथ आश्रम श्री सिद्धि दात्री दुर्गा मन्दिर कोटीहोम आश्रम गैँडाकोट, सपोर्ट एन्ड कियर पुनर्स्थापना केन्द्र चितवन, देवघाट धाम संरक्षण प्रतिष्ठान, गण्डकी नारायणी महाआरति परिषद लगाएत सामाजिक संघ संस्थाका प्रेस सल्लाहकार समेत रहेका छन्। त्यस्तै उपभोक्ता अधिकार संरक्षण मन्चको केन्द्रीय सचिव समेत रहेर उनले उपभोक्ता हक हितका सवालमा पनि धेरै कामहरु गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>