Breaking News
सत्रकिलो दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो, ट्रक चालक पक्राउ

चितवन, जेठ १४-
नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी १७ वर्षीय पुरूषको भने अझै पहिचान खुलेको छैन ।
पाँच वटा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका छन् । घाइतेहरुमा पाँच जनाको अवस्था गम्भिर, १३ जना मध्यम र तीन जनाको अवस्था सामान्य रहेको छ ।
सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ बस्ने २६ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरु
१. प्युठान नौबैईनी गापा–७ बस्ने बर्ष २८ को सुधन केसी (मध्यम)
२. प्युठान प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी (मध्यम)
३. प्युठान मलारानी गापा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल (गम्भिर)
४. प्युठान गौमुखी गापा–७ बस्ने बर्ष २५ को सुरज सुनार (मध्यम) प्रहरी जवान भन्ने बुझिएको
५. अर्घखांची सितगंगा नपा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी (सामान्य)
६. प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि (मध्यम)
७. प्युठान प्युठान नपा–८ बस्ने बर्ष २० को समिर केएम (मध्यम)
८. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी (मध्यम)
९. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी (मध्यम)
१०. प्युठान एरावती गापा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा (गम्भिर)
११. प्युठान बस्ने बर्ष ६० को पदम थापा (सामान्य)
१२. प्युठान नपा–१० बस्ने बर्ष २१ को सुशिल केसी (मध्यम)
१३. प्युठान नपा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी (मध्यम)
१४. प्युठान नपा–८ बस्ने बर्ष १८ की सलिसा थापा (मध्यम)
१५. प्युठान नपा–१ बस्ने बर्ष ३८ को प्रकास केसी (मध्यम)
१६. प्युठान नपा–८ बस्ने बर्ष ५३ की पार्वता केसी (मध्यम)
१७. प्युठान नेबईनी गापा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था (गम्भिर)
१८. प्युठान गौमुखि गापा–३ बस्ने बर्ष २९ को दिपक सुनार (सामान्य)
१९. अर्घाखाँची सितगंगा नपा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी (मध्यम)
२०. प्युठान नपा–८ बस्ने बर्ष २५ को सन्तोष केसी (गम्भिर)
२१. ट्रक सहचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी (गम्भिर)
फाेटाे : मुग्लिन बजार


























