अन्तर्राष्ट्रिय

पपुपा न्यूगिनीको एउटा गाउँ पहिरोले बगाउँदा तीन सय जनाभन्दा धेरै बेपत्ता

Banner

काठमाडौँ,जेठ १२-

पपुपा न्यूगिनीको एउटा गाउँ पहिरोले बगाउँदा तीन सय जना भन्दा धेरै हराइरहेका छन् । उत्तरी पपुवा न्यूगिनीको एन्गा प्रान्तको काओकालाम गाउँमा गएको एउटा भयानक पहिरोमा परेर तीन सय जना बेपत्ता भएको र ११ सय ८२ वटा घर पनि बगेका समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी पोर्ट मोर्सबीबाट छ सय किलोमिटर उत्तर पश्चिममा पर्ने निकै दुर्गम गाउँ पहिरोले बगाएको हो ।

गाउँमा सडक, बिजुली र इन्टरनेट अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ । यो पहिरोमा परेर सयौँ जनाको ज्यान गएको हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अहिलेसम्म चार जनाको मात्रै शव भेटिएको छ ।

सडकमार्गबाट पुग्न असम्भव भएपछि घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको छ । तर खराब मौसमका कारण हेलिकप्टर उडानसमेत प्रभावित भएको छ । पपुवा न्यूगिनीका प्रधानमन्त्री जेम्स मारापेले आपतकालीन टोलीले उद्धारको प्रयास गरिरहेको बताउनुभएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>