अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय अदालतले आदेश दिए पनि इजरायलले रफाह शहरमा आक्रमण रोकेन

Banner

काठमाडौँ, जेठ १२-

अन्तर्राष्ट्रिय अदालतको आदेशका बावजुद इजरायलले गाजाको रफाह शहरमा आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घको इन्टरनेशल कोर्ट अफ जस्टिसले हिजो रफाह शहरमा आक्रमण रोक्न इजरायललाई आदेश दिएको थियो । तर इजरायलले रफाह शहरबाट तत्कालै सेना फिर्ता गर्न सक्ने अबस्था नरहेको भन्दै आक्रमणलाई जारी राखेको बीबीसी हिन्दीले जनाएको छ ।

अन्तर्राष्ट्रिय अदालतले दक्षिण अफ्रिकाको निबेदनमाथि सुनुवाई गर्दै आक्रमण रोक्न इजरायललाई आदेश दिएको हो । तर आदेश लगत्तै प्रतिक्रिया दिँदै इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्यहूले हमासको पक्ष लिएर आदेश आएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले यहुदीहरुप्रति नकारात्मक धारणासहित आदेश आएको भन्दै तत्काल रफाहबाट सेना फिर्ता नहुने बताउनुभयो ।

आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त विज्ञप्ती निकालेर इजरायलले रफाह सहरमा बस्ने नागरिकको ज्यान जोखिममा पर्ने गरी यसअघि पनि कारबाही नगरेको र आउँदा दिनमा पनि नगर्ने बताएका छन् । रफाह सहरमा इजरायली सेनाले पछिल्ला दिनहरुमा आक्रमण तीव्र बनाउँदा १० लाख भन्दा धेरै प्यालेष्टिनी नागरिक जोखिममा परेका भन्दै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा निबेदन दिएको हो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>