राजनीति

प्रधानमन्त्रीसंग कांग्रेसले माग्यो कैलाश सिरोहिया पक्राउ गर्नुको कारण

Banner

काठमाडौँ, जेठ ११-
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्ति र सिरोहियाको पक्राउबारे प्रधानमन्त्रीलाई प्रश्न उठाएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ ।’

जवाफमा प्रधानमन्त्री गृहमन्त्रीको अभिव्यक्तले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । लेखकका अनुसार सिरोहिया पक्राउलाई भने अदालतको आदेश कार्यान्वयन गरेको भन्दै बचाउ गरेका थिए ।

बैठकमा सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका विषयमा सकारात्मक छलफल भएको लेखको भनाई छ । विगतमा संसदीय छानबिन समिति गठनको विपक्षमा मत राख्ने ओली शुक्रबारको बैठकमा मौन थिए ।

लेखकका अनुसार सत्तासीन माओवादी र एमालेका नेताहरू सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सकारात्मक देखिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>