नवलपरासी
मौलाकाली मन्दिरसम्म पुग्न केबलकार
०
काठमाडौँ, जेठ ६-
पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबलकार सञ्चालन हुँदै आएको छ।
पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ ।
यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ डब्बा छन् । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको औपचारिक उद्घाटन गर्नुभएको थियो । मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीय बासिन्दाको रहेको छ ।
दुई अर्ब रुपैयाँमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो । तस्बिर: सनद अधिकारी/रासस

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























