राजनीति

उपचारका लागि आरजु राणा जापान पुगिन्

Banner

काठमाडौं, जेठ ४-

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा स्वास्थ्योपचारका लागि जापान पुगेकी छन् । उनी एक साताअगाडि जापान गएको निकट स्रोतले बतायो ।

आरजुलाई लामो समयदेखि हिपको ज्वाइन्टमा उत्पन्न समस्याले दुःख दिइरहेको छ । उनले २०७३ सालमा भारतको अस्पतालमा हिपको शल्यक्रिया गराएकी थिइन् । उक्त शल्यक्रिया राम्रो नभएपछि उनले २०७९ सालमा जापान पुगेर दोस्रोपटक शल्यक्रिया गराइन् । अहिले त्यसैको फलोअपका लागि गएको बुढानिलकण्ठ स्रोतको भनाइ छ ।

आरजुकी आमा डा. प्रतिभा राणा जापानका लागि नेपालको राजदूत थिइन् । आरजु जापानबाट ४-५ दिनमा फर्किने स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>