Breaking News

संसदमा मुडभेडको अवस्था, कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल

Banner

काठमाडौं,जेठ ३-

सभामुख देवराज घिमिरेल विपक्षी दलहरुको विरोधको बाबजुद गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि मुडभेडको अवस्था पैदा भएको छ। कांग्रेस, राप्रपा, लोसाप सहितका दलले विरोध गरिरहेको अवस्थामा सभामुख देवराज घिमिरे लामिछानेलाई बोल्न दिएपछि प्रतिनिसभाको बैठकमा थकेलाधकेल भएको हो।

बेल घेराउमा रहेका कांग्रेस सांसदहरुले लामिछानेलाई रोक्ने खोज्दा सत्ता पक्षका सांसदहरु पनि वेलमा पुगेर धकेलाधकेल गरेका हुन्। लामिछानेलाई बोल्ने रोष्ट्रममा पुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि वेलमा पुगे। त्यसक्रममा कांग्रेसका धनराज गुरुङसहितका सांसदसँग ओलीको भनाभन भएको छ। लामिछानेलाई बोल्न समय दिए पनि मुडभेडको अवस्था बनेपछि सभामुख घिमिरेले सदन शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>