Breaking News
सन्दीप लामिछाने टि–२० विश्वकप खेल्न पाउने

काठमाडौँ, जेठ २–
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएसंगै टि–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेसंगै सन्दीपको विश्वकप बाटो खुलेको हो । आइसीसीले आगामि मे २५ तारिख भित्रमा खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको छ । अब क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै यसअघि घोषणा गरिएको खेलाडी सूचीमा परिवर्तन गरेर सन्दीपलाई राख्ने छ । जिल्ला अदालत काठमाडौँले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात न्यायाधीशद्वयले सन्दीपलाई निर्दोष ठहर गरेका हुन् ।