स्वास्थ्य

वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

Banner

वीरगञ्ज (पर्सा),जेठ १-

वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६ लागतमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

“ स्वास्थ्यचौकी भाडाको भवनमा सञ्चालन गर्नुपर्दा निकै कठिनाइ भइरहेको थियो । सो समस्यालाई मध्यनजर गर्दै आफ्नै भवन निर्माण गर्न लागेका हौँ”, नगरप्रमुख सिंहले भन्नुभयो, “गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रूपमा पुर्याउन स्वास्थ्यचौकी भवन अपरिहार्य भएको ।” महानगरका अनुसार वडा स्वास्थ्यचौकीको भवन आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>