स्वास्थ्य

बर्ड फ्लु मानिसमा फैलने खतरा, संक्रमित चारमध्ये एकको मृत्यु हुने

Banner

काठमाडौं,वैशाख २८-

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए०ले बर्ड फ्लुको सम्भावित महामारीका निम्ति काम गरिरहेको जनाएको छ । बर्ड फ्लुको महामारी फैलिएमा संक्रमित चारमध्ये एकजनाको मृत्यु हुन सक्ने एफडीएका एक उच्च अधिकारीले खुलासा गरेका छन् ।

सिनेट कमिटीमा डा। रोबर्ट कलिफले मानवमा त्यो फ्लु फैलन नदिन अधिकारीहरूले परीक्षण, एन्टी भाइरल ड्रग्स र भ्याक्सिनका निम्ति काम गरिरहेको समेत बताए । यद्यपि, उक्त फ्लु मानिसमा फैलने जोखिम कम रहेको उनको भनाइ छ ।

टेक्सासमा काम गर्ने एक फार्म वर्कर गएको मार्चमा बर्ड फ्लुको संक्रमणमा परेका थिए । “यो भाइरस अरू भाइरसजस्तै हो । तर, परिवर्तनशील छ,” नीति निर्मातालाई उनले भनेका छन्, “यो मानवतर्फ पनि ‘जम्प’ गर्न सक्ने भएकाले हामीले निरन्तर पूर्वतयारी गर्नु आवश्यक छ ।”

खास चिन्ताको विषय यो मानिसको फोक्सोमा ‘जम्प’ गर्न सक्छ । यसको मृत्युदर २५ प्रतिशत रहेको उनले जनाएका छन् । बर्ड फ्लु यसअघि नै गाईवस्तुमा पहिलोपटक फैलिइसकेको छ । पहिला चरामा मात्र उक्त रोग थियो ।

जब भाइरस विभिन्न दुई प्रजातिबीच फैलन्छ, त्यस बेला यसमा थप परिवर्तन हुनसक्छ । त्यसले मानिसलाई पनि सजिलै संक्रमित गर्न सक्छ । भाइरसका ‘टुक्रा’ यसअघि नै ग्रोसरी स्टोरका पाँचमध्ये एक दुग्धजन्य उत्पादनमा भेटिएको थियो । कटेज चिज र सावर क्रिममा पनि त्यो पाइएको थियो ।

तर, अधिकारीहरूले ती उत्पादन अझै उपभोगका निम्ति योग्य नै रहेको बताएका छन् । किनकि, पाश्चराइजेसन प्रक्रियाका कारण तिनीहरू (भाइरस) निष्क्रिय अवस्थामा छन् । कृषिसम्बन्धी समितिमा डा। करिफले आफूहरूले परीक्षण, एन्टी भाइरल र भ्याक्सिनका लागि काम गर्नु जरुरी रहेको जनाए । उनले ठूलो मात्रामा मानवमा उक्त भाइरस जम्प गर्न सक्ने अवस्थाले गर्दा आफूहरू पूर्वतयारीमा व्यस्त रहेको समेत उल्लेख गरे ।

उनले अमेरिकासँग यसअघि नै २० मिलियन बर्ड फ्लु भ्याक्सिन रहेको र आवश्यक परेमा १०० मिलियन चाँडै तयार पारिने बताए । अहिलेसम्म अमेरिकामा ३६ फार्ममा बर्ड फ्लु देखिएको जनाइएको छ । डेलीमेलबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>