चितवन विशेष

नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृतसँग चितवनका व्यवसायीको छलफल

Banner

चितवन, वैशाख १७-

उद्योग वाणिज्य संघ–चितवनले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसँग व्यवसायिक विषयमा छलफल गरेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीले व्यवसायीका कर्जा उपलब्धता एवम् तालिकीकरणमा सहजीकरणका लागि प्रस्ताव राखेका छन् ।

कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायी र बैँक एक अर्काका परिपुरक भएकोले व्यवसायी बाँचे बैँक बाच्ने बताए । उनले भने, ‘ आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई कसरी राहत दिन सकिन्छ त्यस विषयमा ध्यान दिन नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आग्रह गरेका छन् ।’

कार्यक्रमका नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भूकम्प र कोभिडले अर्थतन्त्र धरासायी बनाएको र बैंकका लगानीहरु समेत अनुउत्पादक क्षेत्र जग्गा तथा शेयरमा लगानी बढ्दा नगद प्रवाहमा संकट परेको बताएका छन् । उनले व्यवसायीलाई समस्या परे बैँक वित्त संस्थाहरु पानी सुक्दै जाने बताउँदै सबैले फजुल खर्च कम गर्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन व्यवसायीलाई आग्रह गरेका छन् । उनले उद्योग वाणिज्य संघ–चितवनले भरतपुरलगायत चितवनको प्रमुख व्यवसायिक केन्द्रमा बैंकको शाखाहरु सञ्चालन गर्न अनुरोध गर्दै आएकोमा भरतपुर–१ स्थित मेनरोडमा नेपाल बैँक लिमिटेडको शाखा पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी गराएका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले व्यवसायीहरु समस्यामा पर्दा अन्तत बैँकलाई नै समस्या पर्ने भएकाले उद्यमी व्यवसायीको समस्यालाई आत्मसाथ गर्दै बैँकहरुले कार्य गर्नुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष राजन गौतमले बैँकहरुले घर, गाडी भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कल्याण जोशी, सहनलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यहरु, नेपाल बैंक लिमिटेड नारायणगढ शाखाका शाखा प्रबन्धक रमेश न्यौपाने, नेपाल बैंक लिमिटेडका सूचना अधिकारी सरोजप्रसाद उपाध्यायको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिए ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गरेको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>