समाचार

वीरगञ्जमा प्रहरीले गोली हानेर एक भारतीयलाई समात्यो

०
Banner

काठमाडौं, वैशाख १७-

पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ। प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा सम्लग्न देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताए। उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन्।

उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>