अटो

टीभीएसको शक्तिशाली रेसिङ डिएनए, अपाचेको आरटीआर १६० मोटरसाइकल बजार

Banner

चितवन, वैशाख १२-

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नेपाली ग्राहकका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरु माझ लोकप्रिय ब्रान्ड समेत रहेको कम्पनीले प्रेस विज्ञप्ति मार्फत् जनाएको हो ।

नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डीएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको जनाएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२००५ मा पहिलो पटक लन्च गरिएको टीभीएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको कम्पनीले जर्नाए छ । टीभीएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै टीभीएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा आधारित निर्माण र परिष्कृत श्रृङ्खलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको छ र केवल उत्पादनबाट उच्च प्रतिष्ठित मोटरसाइकल ब्रान्डको रूपमा बिस्तार भएको छ जुन वर्षौंदेखि यसका ग्राहकहरूद्वारा माया र विश्वास पाउन सफल भएको छ । गत वर्ष यसको ५ मिलियन बिक्री अंक पार गरेर सोही कुरालाई पुष्टि गरेको जनाइएको छ ।

प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने,“गत वर्ष नेपालको टीभीएस मोटरका प्रिमियम सेग्मेन्टमा साँच्चै उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्त्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं । नेपालमा द्रुत बृद्धि भइरहेको अपाचे ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ, जसमा अहिले विश्वभर ५० लाख भन्दा बढी सदस्यहरू संग्लग्न हुनुहुन्छ । जसलाई विश्वव्यापी रूपमा सबैभन्दा रुचाइएको प्रिमियम मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ । टिभिएस अपाचे आरटीआर फोरभी एफआईको सीमित संस्करण र टिभिएस रोनिन ‘मोर्डन–रेट्रो’ मोटरसाइकल लगायतका हाम्रा नविनतम लन्चहरूमा उपभोक्ताको अत्याधिक प्रतिक्रियाले हामी निकै उत्साहित छौं । यो सकारात्मक प्रतिक्रियाले नेपालमा हाम्रा ग्राहकहरुलाई नविन र रोमाञ्चक उत्पादनहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ, र हामी विश्वस्त छौं कि यो नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० यसको प्रमाण हुनेछ ।’

टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने,‘ हामी २०२४ टीभीएस अपाचे आरटीआर १६० नेपाल बजारमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । यो प्रक्षेपणले नेपाली बजारमा हाम्रा ग्राहकहरूलाई नवीन र उच्च–स्तरीय उत्पादनहरू प्रदान गर्ने हाम्रो अटल प्रयासलाई दर्शाउँछ । परिष्कृत सुविधाहरू र अत्याधुनिक प्रविधिले सुसज्जित यस टीभीएस अपाचे आरटीआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

लन्चमा म्यÞानेजिङ डिरेक्टर साहिल अग्रवालले टीभीएस मोटर नेपाली बजारमा एउटा जीवनशैली बनेको बताए । उनले भने, ‘टिभिएसको यो अपाचेको नयाँ मोडल १६०– टू भी रिफ्रेसमा रेसर्स चोइस अन्तर्गत वाइड रियर टायर, रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, नयाँ रेस इन्स्पायर्ड इन्जिन, रेस इन्स्पायर्ड ग्राफिक्स, बिस्ट इन्स्पायर्ड हेडलाइट्स, स्मार्ट कनेक्ट जस्ता अपग्रेडका साथ नेपाली बजारमा भित्र्याँउन पाउँदा निकै उत्साहित छु । यो लन्च हाम्रा ग्राहकलाई नविन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने टीभीएस मोटरको प्रतिबद्धताको प्रमाण हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>