गण्डकी
भूकम्पमा मृत्यु भएकाको स्मृतिमा भोलि बारपाकमा सार्वजनिक बिदा
०

गोरखा, वैशाख ११-
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको उल्लेख गरेका हुन ्।
बारपाक केन्द्र भएर २०७२ वैशाख १२ गते भूकम्प गएको थियो।
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले बुधबार बिहान ११ः४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।