देश/प्रदेश

१३ वटा सहकारीमा चोरी गरेको आरोपमा मकवानपुरका छ जना पक्राउ

Banner

हेटौंडा, वैशाख १०-

मकवानपुरका ६ जना युवालाइ प्रहरीले पक्राउ गरेको छ । १३ वटा सहकारीमा चोरी गरेको आरोपमा प्रहरीले मकवानपुरका ६ जना युवालार्इ प्रकाउ गरेको हो । उनीहरूले १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उपरीक्षक चन्दका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर प्रकाउ परेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>