अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्धको मुद्दा चलिरहेका बेला अदालतबाहिर एक व्यक्तिले लगाए आफैंमाथि आगो

Banner

न्युयोर्क, वैशाख ८-

अमेरिकाको न्युयोर्कस्थित अदालतमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेका बेला एक व्यक्तिले आफैमाथि आगो लगाएका छन् ।

डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाका लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक युवकले आफूलाई आगो लगाएका हुन् । ती व्यक्तिले दिउँसो १ बजेर ३५ मिनेटमा अदालतको पारीपट्टी रहेको कलेक्ट पोन्ड पार्कमा आफैंलाई आगो लगाएपछि प्रत्यक्षदर्शीहरु चिच्याएर दौडेका थिए । तत्कालै ती व्यक्तिमाथि आगोको लप्का बढेको थियो । उनले के कारणले आफैमाथि आगो लगाए भन्नेबारे स्पष्ट छैन।

ती व्यक्तिलाई एम्बुलेन्समा हालेर तत्काल अस्पताल लगिएको थियो । ती व्यक्तिले आफैंलाई आगो लगाउनु अघि पर्चा हावामा फालेका थिए । पर्चाहरूमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश, पूर्व उपराष्ट्रपति एल गोर र सन् २००० को राष्ट्रपति चुनावको पुन गणनामा गोरको प्रतिनिधित्व गर्ने वकिल डेभिड बोइजको सन्दर्भ उल्लेख गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>